निर्वाचनमा गठबन्धनले सोंचे जस्तो परिणाम आएन, यो विषयमा छलफल हुन्छ : प्रचण्ड


९ मंसिर २०७९, शुक्रबार
prachanda at gorkha EkOByQKHgP
गोरखामा आयोजित कार्यक्रममा प्रचण्ड। तस्वीर : प्रचण्डको सचिवालय

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन दलहरू बीचको बहस र आन्दोलनले देशलाई दुर्घटनामा जानबाट जोगाएको बताएका छन् ।

आज (शुक्रबार) गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भएको प्रमाण पत्र लिइसकेपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

‘अहिलेसम्मको उपलब्धिलाई उल्ट्याउने प्रयासविरुद्ध सबैलाई साथ दिन अपिल गर्छु । यसअघि दुर्घटनामा जाने हो भन्ने अवस्थामा पुगिसकेको थियो । हामीले गम्भीर बहस र आन्दोलनले देशलाई दुर्घटनामा जानबाट जोगायौँ,’ उनले भने ।

अध्यक्ष प्रचण्डले निर्वाचनमा गठबन्धनले सोंचे जस्तो परिणाम नआएको पनि बताएका छन् । उनले यस विषयमा गठबन्धनमा सामेल दलहरुबीच छलफल गर्ने समेत उल्लेख गरे । प्रचण्ड गोरखा–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७