तस्वीरमा गोकुल बाँस्कोटाको विजयोत्सव

७० करोड घुसको आरोपलाई काभ्रेका जनताले खारेज गरिदिए : गोकुल बास्कोटा


९ मंसिर २०७९, शुक्रबार
Gokul Baskota 6

काभ्रे । काभ्रे क्षेत्र नम्बर–२ बाट प्रनिनिधिसभा सदस्यमा निर्वाचित एमालेका गोकुल बाँस्कोटाले विजयी र्‍याली निकालेका छन् । कांग्रेसका शिवप्रसाद हुमागाईंलाई ५ हजार ८६३ मतान्तरले पराजित गरेका बाँस्कोटा र उनका समर्थकले विजयोत्सव मनाउँदै र्‍याली निकालेका हुन् ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको काभ्रे २ को शुक्रबार सार्वजनिक मतपरिणामअनुसार बाँस्कोटाले ४५ हजार ३४५ मत ल्याएर निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी हुमागाईंले ३९ हजार ४८२ मत ल्याए ।

७० करोड घुसको आरोपलाई काभ्रेका जनताले खारेज गरिदिए : गोकुल बास्कोटा
एमाले स्थायी कमिटी सदस्य गोकुल बास्कोटाले आफूमाथि लाग्दै आएको ७० करोड घुस मागेको आरोप जनअदालतले खारेज गरिदिएको बताएका छन् । काभ्रे २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शुक्रबार बनेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूमाथि मिथ्या आरोप लागेको भन्दै काभ्रेली जनताले त्यसलाई खारेज गरिदिएको बताएका हुन् ।

‘ममाथि अनावश्यक रूपमा त्यस्तो आरोप लगाइयो । चुनावका बेला अरु कुनै मुद्दा नपाएपछि विपक्षीले त्यस्तो प्रचार गर्ने नै भए । हामी देशको कानुन र संविधानअनुसार काम गर्छौं । त्यो आरोप अब इतिहासको गर्तमा विलिन भइसक्यो । अहिलेको निर्वाचनमा ममाथि लागेको आरोप काभ्रेली जनताले खारेज गरिदिएको छ,’ बास्कोटाले भने । नेता बास्कोटाले नयाँ सरकारको भविष्यबारे केही नबोल्ने बताए । ‘अहिले नै त्यस विषयमा बोल्नु उपयुक्त हुन्न,’ उनले भने ।

Gokul Baskota 1
Gokul Baskota 2
Gokul Baskota 3
Gokul Baskota 4
Gokul Baskota 5
Gokul Baskota 6
Gokul Baskota 7
Gokul Baskota 8
Gokul Baskota 9
Gokul Baskota 10
Gokul Baskota 11
Gokul Baskota 12
Gokul Baskota 13
Gokul Baskota 14
Gokul Baskota 15

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७