झपट रावललाई हराउँदै कैलाली-२ बाट नागरिक उन्मुक्तिका अरुण चौधरी विजयी


९ मंसिर २०७९, शुक्रबार
arun chaudhary

कैलाली । कैलाली क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी विजयी भएका छन्ड । चौधरी २१ हजार ८७१ मत पाएर विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका झपटबहादुर रावलले १६ हजार १२८ मत पाएका छन् । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका भगत बडुवाल १५ हजार ११६ मतसहित तेस्रो भए । यसअघि प्रदेश सभातर्फ जिल्लाको एक क्षेत्रमा नागरिक उन्मुक्ति र एकमा कांग्रेसका उम्मेदवार विजयी भइसकेका छन् । प्रदेश सभा १ मा कांग्रेसका कमलबहादुर शाह र २ मा नागरिकका रामेश्वर चौधरी विजयी बनेका हुन् ।

कैलालीमा प्रतिनिधिसभाका पाँचमध्ये तीन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले जित हासिल गरेको छ । त्यस्तै प्रदेश सभाका पाँच क्षेत्रमा नागरिक उन्मुक्तिका उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७