भोजपुरलाई प्रदेश स्तरिय भलिवलको उपाधी


३० चैत्र २०७४, शुक्रबार
bhojpr winner

संखुवासभा, ३० चैत:  जिल्लाको सुर्य आवाशिय माध्यमिक बिद्यालय खाँदबारीले आयोजना गरेको एक नं. प्रदेश स्तरिय अन्तर जिल्ला दोश्रो रेजिना रनिङ्गशिल्ड भलिवल प्रतियोगिताको उपाधी भोजपुरले जितेको छ ।bhojpr winner

शुक्रवार भएको फाईनल खेलमा सङ्खुवासभालाई सोझो सेटमा हराउँदै उपाधी चुमेको हो । भोजपुरसँग पराजित भएसँगै संखुवासभा भने दाश्रो स्थानमा चित्त बुझाएका छन् । प्रतियोगितामा झापाले तेश्रो स्थान हात पारेको छ ।शुक्रवार विहान भएको खेलमा सुनसरीलाई सोझा सेटमा हराउँदै झापाले तेश्रो स्थान हात पारेको हो ।

प्रतियोगिताको उपाधी जितेसँगै भोजपुरले नगद एक लाख, एक सय दश तोलाको चाँदीको रनिङ शिल्ड र प्रतिखेलाडी तीन तोलाको चाँदीको मेडल र प्रमाणपत्र पाएका छन् । उपविजेता सङ्खुवासभाले नगद पचास हजार शिल्ड, प्रमाणपत्र र प्रतिखेलाडी दुई तोलाको चाँदीको मेडल हात पारेका छन् । तेश्रो भएको झापाले नगद तीस हजार, शिल्ड, प्रमाणपत्र सहित प्रतिखेलाडी एक तोला चाँदीको मेडल पाएका छन् ।bhojpur

भलिवल प्रतियोगिताको बेष्ट सेटर भोजपुरका दमन उदासले पुरस्कार पाएका छन् । त्यस्तै बेष्ट डिफेन्समा झापाका लिब्रो राजु लामा, बेष्ट ब्लकरमा भोजपुरका लालबहादुर मगर, बेष्ट स्पाईकर भोजपुरका महेश घिमिरे, बेष्ट प्लेयरमा भोजपुरका तारा मगर पुरस्कृत भएका छन् । उनीहरुलाई जनही पाँच हजार २ तोजा चादी मेडल, टफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७