बेवारिसे कुकुरलाई रक्षामन्त्रीसँग मनाए तिहार (फोटोफिचर)


प्रकाशित मिति : October 18, 2017

काठमाडौँ : यमपञ्चकको दोस्रो दिन आज कुकुरहरुको पूजा गरी मनाइयो । नरक चतुर्दशी पनि भनिने कार्तिक कृष्ण चतुर्दशीका दिन मानवको रक्षक र आज्ञाकारी जनावरको रूपमा कुकुर मान्छेसँग नजिक रहेको मान्यता अनुसार कुकुर पूजा गरिन्छ । कुकुर तिहार प्रायः घर-घर अथवा पालिएको कुकुरको पूजा गरिन्छ तर बुधवार राजधानीको चोभारस्थित स्नेहाज केयरमा भने सडकमा अलपत्र करिब एक सय बीस कुकुरहरुको पूजा गरिएको छ ।

उक्त अवसर रक्षामन्त्री भीमसेनदास प्रधान पनि पूजा गर्न पुगेका थिए। ‘स्नेहा केयर्स’ जहाँ कुकुरहरु पाल्तु नभई सडकबाट बेवारिसे कुकुर ल्याइन्छ । गाडीले कुल्चिका, एसिड आक्रमणले छाला नराम्ररी जलेको, ढुङ्गाको प्रहारले गहिरो चोट खेपिरहेको, खुकुरीको तोडले मुख नै काटिएको, एउटा खुट्टा गुमाएको अर्थात् घाइते कुकुर ल्याएर उपचार गरिन्ने गरिन्छ । ‘स्नेहा केयर्स’ सेन्टरमा हाल स्थायी रूपमा सय वटा जति कुकुर रहेको छ भने अन्य कुकुर भने सडकबाट उद्धार गरी उपचारका लागि ल्याइएका हुन्।


प्रतिक्रिया दिनुहोस्