नयाँ वर्षकाे राशिफल, कसकाे राशि कस्ताे ?


१ बैशाख २०७५, शनिबार
rashifal today

पञ्चाङ्ग

वि.सं. २०७५ साल वैशाख १ गते। शनिबार। इश्वी सन् २०१८ अप्रिल १४ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– त्रयोदशी, ८:०९ बजेउप्रान्त चतुर्दशी। नक्षत्र– उत्तरभाद्रपदा, २८:०४ बजेउप्रान्त रेवती। योग– ऐन्द्र, बजेउप्रान्त । करण– वणिज, ८:०९ बजेदेखि भद्रा, बजेउप्रान्त शकुनि। आनन्दादिमा धुम्र योग। चन्द्रराशि– मीन। काठमाडौंमा सूर्योदय– बजे, सूर्यास्त– बजे र दिनमान ३१ घडी ५१ पला। नववर्ष वि.सं. २०७५ प्रारम्भ। वैशाख संक्रान्ति। मेष राशिमा सूर्य १०:२३ बजे प्रवेश। भक्तपुरमा विश्वध्वज पातन। टोखास्थित सपनतीर्थमा स्नान। खायुसन्हु।

मेष

ic sodiac 2

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ समाचार सुन्न पाइएला । बन्धु–बान्धव बाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला ।

बृष

ic sodiac 3

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

मिथुन

ic sodiac 4

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

कर्कट

ic sodiac 5

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ ।

सिंह

ic sodiac 6

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्छ । धनार्जनका नयाँ स्रोतहररू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक लाभ मिल्नेछ ।

कन्या

ic sodiac 7

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रमणीय र धार्मिक स्थलको यात्राको योग छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

तुला

ic sodiac 8

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नजिकका व्यक्तिबाट धोका पाईन सक्छ सचेत रहनुहोला ।

बृश्चिक

ic sodiac 9

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

धनु

ic sodiac 10

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ व्यक्ति संग भेटघाट हुनेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बहुमुल्य वस्तु हात पर्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

मकर

ic sodiac 11

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आर्थिक कारोवारमा मन्दी आउनेछ । मनमा दुविधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ । मनमा सङ्का उत्पन्न हुनेछ ।

कुम्भ

ic sodiac 12

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक यात्राको योगछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । राज्य बाट मान सम्मान पाइनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।

मीन

ic sodiac 13

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रमणीय र सुखद यात्राको योग छ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७