धाँधली भएको भन्दै मतगणना रोक्न सञ्चारमन्त्री कार्कीको माग


१० मंसिर २०७९, शनिबार
Gyanendra karki
मतगणनास्थलमा मन्त्री कार्की … । सुनसरीको इनरुवास्थित भगवती मा.वि. मतगणनास्थलमा शनिबार पुगेका सुनसरी प्रतिनिधिसभा क्षेत्र नं ४ बाट उम्मेदवार रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ।

सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेद्रबहादुर कार्कीले सुनसरीको क्षेत्र नम्बर–४ को मतगणना रोक्न माग गरेका छन् । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता कार्कीले मतगणनामा धाँधली भएको भन्दै गणना रोक्न माग गरेका हुन् ।

मन्त्री कार्कीको उक्त मागपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मत संख्या ‘इन्ट्री’ मा तलमाथि परेको हुन सक्ने भन्दै गणना रोक्न मन्त्री कार्कीले माग गरेको जानकारी दिएका छन् । सुनसरी–४ मा कार्की र नेकपा (एमाले) का उम्मेदवार जगदीश कुसियैतबीच मुख्य प्रतिस्पर्धा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७