इलाम–२ मा धाँधली भएको भन्दै कांग्रेसको नाराबाजी, नेम्बाङ झिनो मतले अगाडि


१० मंसिर २०७९, शनिबार
ilam khrLDrWAuj

काठमाडौं । इलाम निर्वाचन क्षेत्र नम्बर–२ मा मतगणना स्थगित भएको छ । अधिकृतको हस्ताक्षर नभएको ४० मतपत्र भेटिएपछि मतगणना स्थगित भएको हो ।

यद्यपि, इलामका मुख्य निर्वाचन अधिकृत दिपककुमार दाहालले कांग्रेसका उम्मेदवार खड्काको टोली आफू हार्ने संकेत पाएपछि अनावश्यक ढंगले बखेडा झिकेर मतगणनास्थलबाट बाहिरिएको बताएका छन् । उनले अब एउटा मतदान केन्द्रको मतगणना हुन बाँकी रहेको समेत बताए ।

मतगणना स्थगित भएपछि अहिले इलामस्थित सिटीहल वरिपरिको स्थिति तनावपूर्ण बनेको छ । सो क्षेत्रमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ र कांग्रेसका डम्बरबहादुर खड्काबीच प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले २९ हजार १३५ मत प्राप्त गरेका छन् भने खड्काले २९ हजार ५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७