२०७९ मंसिर ११ गते आइतबारको तपाईको राशिफल

मंसिर शुक्ल चतुर्थी पञ्चाङ्गः गण्ड विष्टि / भद्रा पूर्वाषाढा


११ मंसिर २०७९, आईतवार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज भेटघाट र मनोरञ्जनमा सहभागिता भइएला । नयाँ र शुभकार्यको चर्चा चल्ने छ । सामाजिक क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
बन्धुबान्धवबाट सहयोग मिल्ने छ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । मित्रबाट विशेष सहयोग मिल्न सक्छ । सामाजिक कार्यमा पनि मन जाला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज शुभअशुभ समाचार सुनिएला । लाभ–हानी, आय–व्यय, सुख–दुःख बराबरी मध्यम खालको दिन छ । मित्रसँग मीठो भेटघाट पनि रहला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कुनै समाचारले मनमा शान्ति छाउला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । प्रेमीको सहयोग पाइनेछ । नयाँ कामको थालनी पनि हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
बन्धु बान्धवबाट सहयोग मिल्ने छ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्ने छ । नयाँ वस्त्र या अलङ्कारको प्राप्ति हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्ने छ । प्रेम र दाम्पत्य जीवन पनि सुखमय हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । दिनको उत्तरार्ध भने सुखद् रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । व्यापार व्यवसायमा फाइदा होला । वाहन सुख मिल्ने छ । नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेममा मनमुटावका साथै मन कमजोर रहला । सामान हराउने वा चोरी हुने भय पनि छ । साँझमा मन प्रसन्न रहने र वैदेशिक कार्य राम्रो हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज प्रिय व्यक्तिसँग भेटघाट होला । धैर्य गरि मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । आर्थिक पक्ष र शेयर बजारबाट राम्रै सफलता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ । शैक्षिक पक्ष कमजोर हुनेछ, तर सन्तान तथा परिवारमा मेलमिलाप भने राम्रै हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आत्मिक सन्तुष्टि मिल्ने छ । विद्यामा सफलता पाइएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन्, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७