आरएसडिसी लघुवित्तले ११ प्रतिशत लाभांश बाँड्ने


११ मंसिर २०७९, आईतवार
RSDCLaganiKhabar 20210503104249

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ ।

लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । जसमध्ये ८ प्रतिशत बोनस शेयर रहेको छ भने सोको कर प्रयोजनार्थ सहित गरी ३ प्रतिशत नगद लाभांश छ ।

मंसिर १० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो। नेपाल राष्ट्र बकैंबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने छ । अघिल्लो पटक लघुवित्तले १०.५३ प्रतिशत लाभांश बाँडेको थियो । अहिले लघुवित्तको चुक्ता पुँजी ८० करोड ५१ लाख रुपैयाँ छ । प्रस्तावित लाभांश वितरण पछि लघुवित्तको चुक्ता पुँजी ८६ करोड ९५ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७