इलाम–१ मा झलनाथ खनाललाई पराजित गर्दै एमालेका महेश बस्नेत निर्वाचित


११ मंसिर २०७९, आईतवार
Jhalanath Khanal Mahesh Basnet

काठमाडौं । इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल पराजित भएका छन् ।
मत गणनाको शुरुवातदेखि नै पछि पर्दै आएका खनाल नेकपा एमालेका उम्मेदवार महेश बस्नेतसँग २,९५७ मतले पराजित भएका हुन् ।

तर यसको अन्तिम मत परिणामको विवरण निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरिसकेको छैन ।
इलाम क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष सुवास नेम्वाङले झिनो मतले जितिसकेको अवस्थामा १ मा पनि एमालेले जित्नेतर्फ अग्रसर भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७