रौतहट नगएको भए मलाई नै उछिट्याउने थिएछन् : माधव नेपाल


११ मंसिर २०७९, आईतवार
Madhav nepal 1
फाइल फोटो

काठमाडौं । रौतहटबाट चुनाव जितेर काठमाडौं फर्किएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहट नगएको भए आफूलाई नै चुनाव हराउँथे कि भन्ने लागिरहेको बताएका छन् ।

सुविधानगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भेला भएका नेता–कार्यकर्ताबाट आइतबार बधाई थाप्दै नेपालले रौतहट १ बाट नगएको भए आफूलाई पराजित गर्ने खेल हुने देखिएको बताए । प्रतिनिधिसभा सदस्यमा रौतहट १ बाट निर्वाचित भएका नेपालले नेकपा एमालेका अजयकुमार गुप्तालाई ६ हजार ६ सय मतान्तरले पराजित गरेका छन् ।

नेपाललाई भेट्न गएका नेता कार्यकर्ताहरुले समानुपातिकतर्फ पार्टीको थोरै मत आएको भन्दै चिन्ता गरेका थिए । ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्न नसकेर राष्ट्रिय पार्टी नबनिने हो कि भन्ने चिन्ता उनीहरुमा थियो । अध्यक्ष नेपालले भने अझै मतगणना जारी रहेको भन्दै नआत्तिन आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७