अब पाँच क्षेत्रको मात्र नतिजा आउन बाँकी, अहिलेसम्म कहाँ कसको अग्रता ?


११ मंसिर २०७९, आईतवार
Mat gadana Rupandehi scaled
फाइल फोटो

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मत गणना अन्तिमतिर पुगेको छ । आज (आइतबार) बेलुकी ६ बजेसम्म १६५ क्षेत्रमध्ये १५७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अन्तिम परिणाम आइसकेको छ ।

मत परिणाम सार्वजनिक भएका स्थानमध्ये नेपाली कांग्रेस ५३ स्थानमा जित हासिल गर्दै पहिलो दलका रुपमा देखिएको छ। दोस्रो स्थानमा रहेको नेकपा एमालेले ४२ स्थानमा जित निकाली सकेको छ । नेकपा माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थानमा जितेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय

प्रजातन्त्र पार्टी (राप्रपा) ७–७, जनता समाजवादी पार्टी (जसपा) ६ स्थानमा जित निकाल्न सफल भएका छन् ।
सत्तारुढ दलहरुसँग चुनावी तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ४ स्थानमा जित निकाल्दा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरु ३ स्थानमा विजयी भएका छन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा), जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १–१ स्थानमा जितेका छन् भने ५ निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् ।

निर्वाचन आयोगले ५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको र ३ क्षेत्रमा गणना सुरु हुन बाँकी रहेको जनाएको छ। आयोगका अनुसार सुनसरी–१, ३ र ४, उदयपुर–१ र धनुषा–४ मा मतगणना जारी छ भने बाजुरा, स्याङ्जा–२ र दोलखामा मत गणनाको काम सुरु हुन सकेको छैन । आयोगले वेवसाइटमा अद्यावधि मतपरिणामअनुसार मतगणना जारी रहेको ५ मध्ये कांग्रेस ३ ठाउँमा अग्रता लिएको छ । एमाले र जसपा १–१ स्थानमा अगाडि छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७