विश्वकपमा मोरक्कोले बेल्जियमलाई हरायो


११ मंसिर २०७९, आईतवार
moroco in 6sqTORHFY3

काठमाडौं । फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको दोस्रो खेलमा मोरक्कोले बेल्जियमलाई पराजित गरेको छ । मोरक्कोले पहिलो जित दर्ता गर्ने क्रममा बेल्जियमलाई २-० ले पराजित गरेको हो ।

विश्वकपमा दोस्रो पटक भेटिएका यी टोली यसअघि १९९४ को विश्वकपमा भिडेका थिए। त्यतिबेला १–० ले पराजित भएको मोरक्कोले २८ वर्षपछि २–० को जित निकालेको छ ।

bel vs moroco K59N67OJwh

मोरक्कोका लागि अब्देलहामिद साबिरीले दोस्रो हाफमा गरेको फ्रिकिक गोलमा अग्रता लियो । हिलो हाफको इन्ज्युरी समयमा मोरक्को हाकिम जिएचको फ्रिकिक गोलले मान्यता पाउन सकेन । जिएचले दायाँ विंगबाट प्रहार गरेको फ्रिकिक सिधै गोल भएको थियो । तर अफसाइड पोजिसनमा रहेका खेलाडीले गोलरक्षक थिबाउट कोर्टुवाअघि आएर बलको दिशा छेकेपछि भिडियो असिस्टेन्ट रेफ्रीले गोललाई मान्यता दिएनन् ।

उनले खेलको पहिलो मिनेटदेखि नै यासिन बोनोउको स्थान लिएका थिए । राष्ट्रिय गानमा बोनोउ सरिक भएपनि टिम फोटोमा भने वैकल्पिक गोलरक्षक मुनिर आएका थिए । फिफाले खेलाडी सुचिमा बोनोउ घाइते रहेको जनाएको छ ।

५१ औं मिनेटमा इडेन हाजार्डले मिडफिल्डदेखि बल अघि लग्दै पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारलाई गोलरक्षक मुनिरले विफल पारे । ५६ औं मिनेटमा सोफियान बौफालले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार पोस्टलाई छुँदै बाहिरियो ।

खेलको ७३ औं मिनेटमा फ्रिकिक गोलमै मोरक्कोलले अग्रता लियो । यसपटक अब्दुलहमिद सबिरीले बायाँ विंगको पेनाल्टी क्षेत्रबाहिर प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गरे । यसपटक पनि गोलरक्षक कोर्टुवाले बलको दिशा ठम्याउन सकेनन् ।

इन्ज्युरी समयमा मोरक्कोका लागि जाकारिया अबोउखलालले गोल गरे । उनले हाकिम जिएचको पासलाई पेनाल्टी क्षेत्र भित्रबाट गोलको दिशा दिँदै गोलरक्षक कोर्टुवालाई कुनै अवसर दिएनन् ।

यस जितसँगै मोरक्को समूहको शीर्षस्थानमा उक्लिएको छ । मोरक्कोको २ खेलमा ४ अंक तथा बेल्जियमको ३ अंक छ । क्रोएसिया १ अंक र क्यानडा अंकविहिन छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७