एनसेलको ई-सिम वितरण सुरू


११ मंसिर २०७९, आईतवार
n cell e sim1669529247

काठमाडौं । एनसेलका ग्राहकहरूले अब आफ्नो सिम ई–सिममा अपग्रेड गर्न सक्ने भएका छन्। एनसेल आजियाटा लिमिटेडले शुक्रबारदेखि आफ्ना ग्राहकहरूलाई ई–सिम वितरण गर्न थालेको घोषणा गरेको छ।

यससँगै ग्राहकले ई–सिमचल्ने मोबाइलमा ई–सिमको प्रयोगमार्फत फाइदा लिन सक्छन्। ई–सिम अर्थात् इम्बेडेड सिम हाल प्रयोग भइरहेको भौतिक सिमको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो।

यो सिम ई–सिम सपोर्ट गर्ने मोबाइलवा उपकरण भित्र सानो चिपमा हुन्छ र यसबाटै दूरसञ्चार सेवा लिन सकिने कम्पनीले बताएको छ। यो भौतिक रूपमा प्रयोग हुने सिमभन्दा सुरक्षित मानिन्छ र केही गरी आफ्नो मोबाइल हराएमा वा चोरी भएमा पनि ई–सिम सो मोबाइलबाट झिक्न वा हटाउन मिल्दैन।


कम्पनीका अनुसार ग्राहकहरूले एसएमएसमार्फत अनुरोध पठाई सजिलै आफ्नो हाल प्रयोग भइरहेको सिम ई–सिममा अपग्रेड गर्न सक्छन्। यसका लागि ग्राहकले आफ्नो नागरिकता नम्बर, इमेल ठेगाना टाइप गरी १७१२५ माएसएमएस पठाउनु पर्छ।

ई–सिम सुरू गर्नु भन्दा पहिला ग्राहकले एनसेलको प्रतिनिधिबाट ग्राहक पहिचानका लागि कल प्राप्त गर्छन्। यो एसएमएस पठाउन र सिम अपग्रेड गर्नका लागि कुनै शुल्क नलाग्ने कम्पनीले जनाएको छ।

ग्राहकले आफूलाई पायक पर्ने नजिकैको एनसेल सेन्टरबाट पनि आफ्नो सिम ई–सिममा अपग्रेड गर्न सक्छन्। नयाँ ग्राहकहरूले पनि कुनै पनि एनसेल सेन्टरबाट आफूले चाहेको स्टार्टर प्याकका साथ आवश्य कप्रक्रिया पूरा गरी ई–सिम लिन सक्ने बताइएको छ।

ई–सिम सुविधा लिनका लागि, ग्राहकहरूका साथमा ई–सिम सपोर्ट गर्ने मोबाइल हुन आवश्यक हुन्छ। ग्राहकहरूले आफ्नो मोबाइल ई–सिमचल्ने÷नचल्ने थाहा पाउन एस्ट्रिक्स ह्यास)६ह्यास डालय गर्न गर्नुपर्ने हुन्छ।

यदि इम्बेडेड आइडेन्टिटी डकुमेन्ट (ई–आइडी) सहितको विवरण ग्राहकको डिस्प्लेमा आएमा त्यस्तो मोबाइलमा ई–सिम चल्छ।

उपभोक्ता र व्यवसाय दुवै माझ कनेक्टेड डिभाइसहरूको प्रयोग बढ्ने क्रममा रहेकाले ई–सिमले सूचना तथा सञ्चार प्रविधिको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ।

आइफोनका पछिल्ला मोडलहरू जस्तै आइफोन एक्सएस सिरिज, आइफोन ११ सिरिज, आइफोन १२ सिरिज, आइफोन १३ सिरिज र आइफोन १४ सिरिजमा ई–सिमको सुविधा रहेको छ।

त्यसैगरी, सामसङको ग्यालेक्सी ए२१ सिरिज, ग्यालेक्सी ए२२ सिरिज, ग्यालेक्सी जेड फ्लिपसिरिज र गुगलको पिक्सल ४ सिरिज, पिक्सल ५ सिरिज र पिक्सल ६ सिरिजमा पनि ई–सिमको चल्ने सुविधा रहेको हुन्छ।

ब्रान्ड र मोबाइलका मोडलहरूका आधारमा विभिन्न मोबाइलहरूमा एकभन्दा बढी ई–सिम नम्बर दर्ता गर्न सकिने सुविधा पनि रहेको हुन्छ। यद्यपि एक पटकमा एक मात्र नम्बर सक्रिय रहने बताइएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७