नेशनल लाइफको अभिकर्ता सम्मान तथा बिक्रय कला प्रशिक्षण सम्पन्न


११ मंसिर २०७९, आईतवार
national life cgse9qgrSd

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिम प्रदेशको धनगढीमा अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको धनगढी, टिकापुर र अत्तरिया कार्यालयमा आबद्ध करिब ३०० जना अभिकर्ताहरूको सहभागिता रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरूमा आबद्ध भई बीमा ब्यवसाय गर्दै आउनु भएका अभिकर्ताहरूलाई अझ बढी सक्षम र ब्यवसायिक बनाउँदै लैजाने नीति अनुरुप कम्पनीले यस प्रकारको कार्यक्रमहरू सम्पन्न गर्दै आइरहेको र सोही क्रममा आज धनगढीमा यो कार्यक्रम आयोजना गरिएको बताए ।

कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले सहभागी अभिकर्ताहरूलाई बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । यसै गरी कार्यक्रममा उत्कृष्ट ब्यवसाय गर्ने अभिकर्ताहरूलाई प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले खादा, माला र सम्मान पत्रबाट सम्मान गरेका थिए ।

कार्यक्रममा सम्मानित भएका अभिकर्ताहरूले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै कर्मथलोमा सम्मानित हुन पाउँदा अत्यन्त खुशी लागेको बताएका थिए ।

कम्पनीको सुदूरपश्चिम प्रदेशका प्रमुख उमाकान्त जोशीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमम एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७