वैशाख ९ मा पार्टी एकता निश्चित


१ बैशाख २०७५, शनिबार
Raghubir Mahaseth Dhanusha 4

 

धनुषा, बैशाख १: भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आउँदो वैशाख ९ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकता निश्चित भइसकेको दाबी गरेको छ ।Raghubir Mahaseth Dhanusha 4

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित नेकपा एमाले नगर कमिटिले आज आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा मन्त्री महासेठले वैशाख ९ गते एकीकरण हुने निश्चित भइसकेको बताए ।

एमालेका नेता मन्त्री महासेठले लेनिनको जयन्तीका दिन दुई एकताको लगभग तयारी पूरा भइसकेको स्पष्ट गरे । मन्त्री महासेठले बढिमा ६ महिना भित्रै जयनगर–जनकपुर–बर्दिवास –सिमरा सम्म रेल कुद्ने बताए ।

मन्त्री महासेठले भारतीय सहयोग र नेपालको लगानीमा निर्माणाधीन हुलाकी राजमार्ग पनि द्रुत गतिमा अघि बढिरहेको जानकारी पनि दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७