३ मिनेटमा २ गोल गर्दै कोरिया खेलमा फर्कियो


१२ मंसिर २०७९, सोमबार
koriya

काठमाडौँ । दक्षिणा कोरियामाथि घानाले अग्रता दोब्बर बनाएको खेलको पहिलो हाफमा घानाले १० मिनेटको फरकमा अग्रता दोब्बर बनाएको हो। पहिलो गोल २४ औं मिनेटमा गरेको घानाले ३४ औं मिनेटमा अग्रता दोब्बर बनायो। कुदुस मोहम्मदले खेलको ३४ औं मिनेटमा हेडमार्फत गोल गरेका हुन्।

दोस्रो हाफमा २ गोल गर्दै घानाविरुद्ध पछि परेको कोरिया खेलमा फर्किएको छ। पहिलो हाफमा २-० ले पछि परेको कोरियाले ५८ र ६१ औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेको हो।

त्यसअघि मोहम्मद सलिसुको गोलमा घानाले सुरुवाती अग्रता बनाएको थियो। पहिलो खेलमा पराजित घानाले आजको खेल जिते अघिल्लो चरणको संभावना कायम रहने छ। यसअघि पहिलो खेलमा घाना पोर्चुगलसँग पराजित भएको थियो। कोरियाले एरुग्वेसँग बराबरी खेलेको थियो। आजको खेल जिते घानाको अघिल्लो चरणको संभावना कायम रहनेछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७