२०७९ मंसिर १३ गते मंगलबारको तपाईको राशिफल

मंसिर शुक्ल षष्ठी पञ्चाङ्गः ध्रुव तैतल श्रवण


१३ मंसिर २०७९, मंगलवार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक र राजनैतिक कार्यमा बढी सफलता मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज यात्रामा मालसामान हराउने र मनमा निराशा आउला । प्रेममा मनमुटाव पनि आउन सक्छ, तर साँझमा यात्राको योजना बन्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज धनार्जनका स्रोतहरू पत्ता लाग्ने छन् । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । वित्तीय संस्थाबाट सहयोग पनि पाइनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । आर्थिक कारोबारमा मन्दी आउने छ, आफन्तबाट सहयोग चाँहि मिल्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज सुख–दुःख बराबरी मध्यम खालको दिन छ । ठूलो कारोबारमा लगानी नगर्नु । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साना तिना समस्यामा अल्झनु पर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । परिवारमा सुख सन्तोष छाउला । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । मनमा सहयोग भाव आउला । प्रेम सम्बन्ध कसिलो हुनेछ । रमणीय र सुखद् यात्राको योग छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज लाभदायक यात्रा रहला । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । परिश्रम गर्दा धनार्जन हुनेछ । कुनै कुराले मनमा शान्ति छाउने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज गरेको कार्यमा सफलता मिल्ने छ । शैक्षिक र वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज मनमा शान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । नयाँ कामको थालनी पनि हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज विद्या र बुद्धिको विकास हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७