अन्तिम एक खेलअघि नै पोर्चुगल नकआउट चरणमा


१३ मंसिर २०७९, मंगलवार
portugle team

काठमाडौं । उरुग्वेलाई पराजित गर्दै पोर्चुगल कतार विश्वकप २०२२ को नकआउट चरणमा स्थान बनाउन सफल भएको छ । लुसेल मैदानमा प्राप्त २–० को जितसँगै पोर्चुगल एक खेल अघि नै अन्तिम १६ मा पुगेको हो ।

खेलको ५४औं मिनेटमा ब्रुनोले बक्सबाहिरबाट ‘टप कर्नर’ मा उत्कृष्ट फिनिसिङ गरेका थिए । ब्रुनोको सटलाई क्रिस्टियानो रोनाल्डोले बक्सभित्रबाट हेड गर्न भ्याएका थिएनन् । खेलको इन्जुरी समयमा ब्रुनोले नै पेनाल्टीमा गोल गर्दै पोर्चुगलको जित सुनिश्चित गरेका थिए ।

खेलमा उरुग्वेले उत्कृष्ट प्रर्दशन गरेपनि फिनिसिङमा चुकेको थियो । रोड्रिगो बेन्टचरले पहिलो हाफमा गरेको प्रहार गोलरक्षक डिअगो कोस्टाले सेभ गरे । वैकल्पिक खेलाडी म्याक्सि गोमेजको प्रहार पोष्टमा लाग्यो । खेलको अन्तिम समयमा पोर्चुगलका ब्रुनोको प्रहार पोस्टमा लाग्दा ह्याट्रिकबाट टाढा रहे ।

खेलमा क्रममा समर्थक मैदान प्रवेश गर्दा केहि समय रोकिन पुग्यो । मैदान छिरेका समर्थकले टिसर्टको अघिल्लो भागमा ‘सेभ युक्रेन’ र पछिल्लो भागमा ‘रेस्पेक्ट फर इरानीयन वुमेन्स’ लेखेर मैदानमा कुदिरहेका थिए ।

खेलसँगै समूह ‘एच’दुई खेलबाट ६ अंक बनाएको पोर्चुगल सिधै प्रिक्वाटर फाइनलमा स्थान बनाएको छ । पराजित उरुग्वेको सम्भावना भने कायम छ । अन्तिम खेलमा घानालाई पराजित गरेमा उरुग्वेको सम्भावना रहन्छ । समूहमा घानाको तीन अंक रहँदा उरुग्वे र दक्षिण कोरियाको एक– एक अंक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७