३० वर्ष पहिले चिस्याइएको भ्रूणबाट जुम्ल्याहा सन्तान


१३ मंसिर २०७९, मंगलवार
baby

काठमाडौं । अमेरिकामा ३० वर्षअघि फ्रिज गरिएको भ्रुणबाट जुम्ल्याहा शिशु जन्मिएका छन् । अमेरिकी राज्य टेनेसीमा ३० वर्षअघि चिस्याइएको भ्रुणबाट जुम्ल्याहा शिशु जन्माइएको हो । यसलाई अहिलेसम्म सबैभन्दा लामो समय भ्रुण चिस्याएर सफल रूपमा शिशुको जन्म भएको घटनाको रुपमा हेरिएको हो । सन् १९९२ को अक्टोबर १४ देखि भ्रुण चिस्याइएको थियो ।

ओरेगनकी रचेल रिजवेले ३१ अक्टोबरमा जुम्ल्याहा बच्चाहरूलाई जन्म दिएकी थिइन । जुम्ल्याहा सन्तानको नाम लिडिया र तिमोथी राखिएको छ । दाताले दिएको भ्रुणबाट जन्मिएको रिजवेको यो पहिलो बच्चा हो । उनका एकदेखि आठ वर्षका अन्य चार बच्चाहरू छन् । ‘म पाँच वर्षको थिएँ जब भगवानले लिडिया र तिमोथीलाई जीवन दिनुभयो’, फिलिप रिजवेले भने ।

शिशुको जन्मबाट आफू आश्चर्य चकित परेको रिजबेका पति फिलिप रिजबेले बताए । राष्ट्रिय भ्रुण दान केन्द्र (एनइडीसी)का दान गरिएको भ्रुणबाट शिशु जन्मिएका हुन् । सो संस्थामा दान दिइएको भ्रुणबाट अहिलेसम्म सयौँ शिशुको जन्म भइसकेको छ ।
यसअघि सोही केन्द्रमा २७ वर्षअघि चिस्याइएको भ्रुणबाट सन् २०२० को अक्टोबरमा एक बालिका जन्मिएकी थिइन् । उनको नाम मोली गिब्सन रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७