धेरै टिभी हेर्ने बालकलाई दम्पतीले दिए यस्तोसम्म यातना (भिडियो)


१३ मंसिर २०७९, मंगलवार
tv baby uAP3sNzTSg

बेइजिङ । आमा–बाबुले आफ्ना छोराछोरीहरूलाई अनुशासन दिन्छन् र तिनीहरूलाई विभिन्न तरिकाले जीवनका मूल्य मान्यता सिकाउँछन् ।

यद्यपि, एक चिनियाँ दम्पतीले आफ्नो बच्चालाई पाठ सिकाउन हद पार गरेका छन् । धेरै टेलिभिजन हेरेको भन्दै आठ वर्षीय छोरालाई अभिभावकले दण्डस्वरुप रातभर टेलिभिजन हेर्न बाध्य पारेको साउथ चाइना मर्निङ पोस्टले रिपोर्ट गरेको छ ।
आउटलेटका अनुसार बुबा आमा बाहिर जाँदा मध्य चीनको हुनान प्रान्तका आठ वर्षीय बालकलाई घरमै छोडिएको थियो ।

बाबुआमाले उनलाई गृहकार्य समाप्त गरेर राति साढे ८ बजेसम्म सुत्न भनेका थिए । तर, उनीहरु घर फर्किदासम्म आफ्नो छोराले टिभी हेरिरहेका थिए । बालकले आफ्नो गृहकार्य पनि गरेका थिएनन् । बाबुआमा घर आएपछि उनी लुसुक्क सुत्न गएका थिए ।

बच्चाको व्यबहारबाट वाक्क परेकी आमाले उसलाई तानेर बैठक कोठामा लगेर टिभी अन गरिन् र रातभरि हेर्न बाध्य गरिन् । बच्चालाई निगरानी गर्न रातभर बाबुआमा पालैपालो रातभर जाग्राम बसे । बालक चाँडै थकित हुन थाले र बस्न तथा हेर्न नसक्ने भए । तर बाबुआमाको जिद्दीको अगाडि केही लागेन । उनलाई टेलिभिजन हेरिरहन कर लगाइयो । उ निदबाट बच्न संघर्ष ग¥यो । रुदै आमासँग सुत्न अनुमति माग्यो । जति बिन्ति गरे पनि क्रुर आमाले सुनिनन् ।

चीनमा सामाजिक सञ्जाल वेबसाइटहरूमा भाइरल भएको सो घटनाको एक सीसीटीभी फुटेजमा बालकलाई सोफामा सुतिरहेको देख्न सकिन्छ । बालकलाई बुबा आमाले ब्युँझाउन र टेलिभिजन हेरिरहन कर गरेको देख्न सकिन्छ । उनलाई बिहान ५ बजेसम्म सुत्न दिइएको थिएन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७