राजनीतिमा देखिएको आवेग र असन्तुष्टि सम्बोधन गर्नुपपर्छ : प्रचण्ड


१३ मंसिर २०७९, मंगलवार
prachanda 9
फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन र विकासबाट जनतामा फैलाइने भ्रम छर्ने प्रवृत्तिलाई अन्त्य गरिने बताएका छन् ।

ललितपुरको खुमलटारमा मंगलबार बिहान गोरखा–काठमाडौं सम्पर्क मञ्चले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतामा छर्ने गरिएको भ्रमलाई चिर्न सुशासन कायम गर्दै देशको विकास र समृद्धि गर्नुपर्नेमा जोड दिए ।

गोरखाका जनताको भरोसा र विश्वासको बलमा आफूले राष्ट्रिय एकता र सुशासन कायम गर्दै देशको समृद्धि र विकास गर्न सकिने बताएका प्रचण्डले आगामी पाँच वर्षमा गोरखाली जनताले महसुस गर्नेगरी विकास गरिने प्रतिबद्धता जनाए । उनले राजनीतिमा देखिएको आवेग र असन्तुष्टि सम्बोधन गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७