नेकपा एसकाे प्रारम्भिक समीक्षा : सोंचे जस्तो परिणाम आएन, तर गठबन्धन आवश्यक


१३ मंसिर २०७९, मंगलवार
samajbadi
फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धन र आफ्नो परिणाम सोंचे जस्तो आउन नसकेको प्रारम्भिक समीक्षा गरेको छ । आज (मंगलबार) चुनावको समीक्षा गर्न बसेको केन्द्रीय सचिवालय बैठकले गठबन्धन भने कायमै राख्नु पर्ने निष्कर्ष निकालेको छ ।

बैठकपछि नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘हामीले सोचे जस्तो परिणाम आएको छैन । तर पनि गठबन्धनको कारण पाएको उपलब्धिको रक्षा गर्नुपर्छ र गठबन्धनको भावनाअनुसार भोलि पनि काम गर्नुपर्छ भन्ने निष्कर्ष निकालेका छौं ।’

खतिवडाले सत्ता गठबन्धन कायमै राख्ने र राष्ट्रपतिमा झलनाथ खनाललाई प्रस्ताव गर्ने सम्भावना रहेको बताएका छन् । खनाल राष्ट्रपति बन्ने सम्भावना रहे पनि अहिले त्यसबारे छलफल नभएको उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७