तापखोला पुल सञ्चालन भएपछि स्थानीयलाई राहत


१३ मंसिर २०७९, मंगलवार
1001 Shares
Pul Khotang

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट केपिलासगढी गाउँपालिका–३ बास्पानी हुँदै बाक्सिलाबजार जोड्ने सडकको तापखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा आएको छ ।

प्रदेश नं १ को प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यक्रम अन्तर्गत रु सात करोड ६१ लाख २४ हजार पाँच सय ४३ बजेटमा निर्माण गरिएको मोटरेबल पक्की पुल हालै सञ्चालनमा आएको हो । विसं २०६६-६७ मा निर्माण सम्पन्न गरेर सञ्चालनमा आएको दिक्तेल–खार्मी–बाक्सिला सडकखण्डको तापखोलामा ढिलै भए पनि मोटरेबल पक्की पुल निर्माण गरेर सञ्चालनमा ल्याइएपछि स्थानीय बासिन्दालाई सहज भएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

रौता–रोशन–सुशम–आदित्य जेभीले विसं २०७८ मङ्सिर–७ गते सम्पन्न गर्ने भनिएपछि कोरोना महामारीका कारण लागू भएको लकडाउनका कारण निर्माणमा ढिलाइ भएको थियो । विसं २०६६ मा साविक खार्मी गाविसको रु १४ लाख बजेटबाट निर्माण सुरु गरिएको दिक्तेल–खार्मी–बाक्सिला सडक विसं २०७७ मा पूरा गरेर सञ्चालनमा ल्याइएको थियो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट उत्तरी क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाको व्यापारिक केन्द्र बाक्सिलाबजार जोड्ने सबैभन्दा छोटो दूरीकोे दिक्तेल–खार्मी–बाक्सिला सडकखण्डको तापखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल ३५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको छ ।

jagdamba.cement

तापखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा आएपछि उत्तरी क्षेत्रका स्थानीय बासिन्दाका लागि आवतजावत तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा सहज भएको केपिलासगढी गाउँपालिकाका उपप्रमुख गुरुराज राईले बताए ।
‘तापखोलामा मोटरेबल पक्की पुल नहुँदा करिब छ महिना यातायात बन्द हुँदै आएको थियो’, उनले भने, ‘ढिलै भए पनि तापखोलामा मोटरेबल पक्की पुल निर्माण भएर सञ्चालनमा आएपछि उत्तरी क्षेत्रमा सञ्चालित विकासे योजनाको काममा सहज भएको छ ।’

निर्माण सम्पन्न भएको लामो समयसम्म ढुवानीका सवारी साधनमात्र सञ्चालन हुँदै आएको सडकखण्डमा पछिल्लो समय नियमित बस तथा सुमो सेवा समेत सुरु भएको छ । हिउँदभर करिब छ महिनामात्र सञ्चालन हुने दिक्तेल–खार्मी–बास्पानी–बाक्सिला सडक खार्मीको अधिकांश क्षेत्रका स्थानीय बासिन्दासँगै पाथेका, बास्पानी, बाक्सिला, सप्तेश्वर, सुङ्देल, दिप्सुङलगायतका स्थानीय बासिन्दाले उपयोग गर्दै आएका छन् ।

कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल–खार्मी–बाक्सिला सडक नगरको गौरवका आयोजनामा राखेर स्तरोन्नति गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले बताए । ‘दिक्तेल–खार्मी–बाक्सिला सडक नगरवासीका लागि मात्र नभइ उत्तरपूर्वी क्षेत्रका स्थानीय बासिन्दाको लागि प्रमुख मार्गमा पर्दछ’, उनले भने, ‘यो सडकलाई स्तारोन्नति गरेर बाह्रैमहिना सञ्चालनमा ल्याउन नगरपालिकाको आवश्यक सहयोग रहन्छ । कालोपत्र गर्नका लागि सम्बन्धित निकायसँग पहल गर्ने कामसमेत अगाडि बढाइएको छ ।’

दिक्तेल बजारबाट खार्मी हुँदै बाक्सिला भएर भोजपुरसम्म जोडिने उक्त सडकको सुङ्देलसम्म ट्रयाक खोली सकिएको छ । सो सडक सञ्चालनमा आउन सके दिक्तेल बजारबाट खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीयस्थल सालपा पोखरी जाने सबैभन्दा छोटो मार्ग बन्ने छ ।

केपिलासगढी गाउँपालिकाको बाक्सिला बजार जोड्ने दिक्तेल–हुर्लुङ–जालपा हुँदै बाक्सिलासम्मको अर्को सडक पनि सञ्चालनमा छ । उक्त सडकखण्डमा पर्ने तापखोलामा समेत यसअघि नै पक्की पुल निर्माण गरेर सञ्चालनमा ल्याइसकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७