सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की अघिअघि, एमालेका कुसियैत पछिपछि


१३ मंसिर २०७९, मंगलवार
Gyanendra Karki Kusiyat1669377682

सुनसरी । सुनसरी–४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता बढाएका छन् । गएको शनिबारदेखि रोकिएको मतगणना आज अपराह्नदेखि शुरु भएकोमा कार्कीले अग्रता बढाएका हुन् ।

पछिल्लो मत परिणामअनुसार कार्कीले २३ हजार ५४० मत ल्याएका छन् । एमालेका जगदिश कुसियैतले २३ हजार ४०४ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर १३६ रहेको छ । झिनो मतान्तरले कार्की अगाडिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७