नेशनल लाइफ २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न


१३ मंसिर २०७९, मंगलवार
national life cgse9qgrSd 1

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतनासम्बन्धी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । बीमा सचेतना प्रबद्र्धनमा जीवन बीमा कम्पनीहरूले पनि योगदान पु¥याउनुपर्ने नेपाल बीमा प्राधिकरणको नीतिअनुरुप आयोजना गरिएको यी कार्यक्रमहरूमा कम्पनीले मंसिर १० गते बझाङ जिल्ला जयपृथ्वी नगरपालिकास्थित जिल्ला अस्पतालको प्राङगणमा रक्तदान कार्यक्रम सम्पन्न ग¥यो ।

कम्पनीका अभिकर्ताहरू र स्थानीय जनसमुदायको उल्लेख्य सहभागिता रहेको रक्तदान कार्यक्रममा रक्तदान गर्ने अभिकर्ता तथा स्थानीयलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले धन्यवाद ज्ञापन गरे । यसैगरी कम्पनीले सचेतना कार्यक्रमलाई निरन्तरता दिँदै मंसिर ११ गते बझाङको चैनपुरमा रहेको सत्यवादी मावि र बझाङको झोतास्थित भैरव माविका शिक्षक तथा विद्यार्थीहरूलाई छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी बीमा सचेतना सम्बन्धमा जानकारी गराइएको थियो ।

जसअन्तर्गत कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले बीमाको महत्व र आवश्यकताको बारेमा प्रकाश पारेका थिए । प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले नेपाल बीमा बजारको अवस्था र सम्भावनाका साथै बीमा ऐन २०७९ मा उल्लेखित आधारभूत विषयहरूको बारेमा सहभागीहरूलाई जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा करिब १०० जना शिक्षकहरूको रु।१ लाखको म्यादी जीवन बीमा गरी प्रमुख कार्यकारी अधिकृतले बीमालेख हस्तान्तरण गरेका थिए । यसैगरी भैरव माविमा सम्पन्न गरिएको कार्यक्रममा मृगौला पिडित उजाला कुमारी दमाईलाई आर्थिक सहयोग स्वरुप रु.२५ हजार पनि प्रदान गरिएको थियो ।

कम्पनीका एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाले सञ्चालन गरेका दुवै कार्यक्रम प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा दुवै विद्यालयका करिब ४५० जना शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो भने सहभागी विद्यार्थीहरूलाई कम्पनीको टि–शर्ट पनि वितरण गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७