स्मार्टच्वाईस र एभरेष्ट बैंकबीच स्मार्ट क्यूआरमार्फत भुक्क्तानी सेवा सञ्चालन गर्ने सम्झौता


१३ मंसिर २०७९, मंगलवार
28 Shares
everest bank

काठमाडौं। नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड तथा ‘क’ वर्गको वाणिज्य बैंक९एभरेष्ट बैंकबीच स्मार्ट क्यूआरमार्फत भुक्क्तानी सेवा सञ्चालन गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एभरेष्ट बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले हस्ताक्षर गरे ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

विगत २० वर्षदेखि कार्डलगायत भुक्क्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइ बनेको एभरेष्ट बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

यस सहकार्यले एभरेष्ट बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले इबिएल टच ट्वान्टीफोर एपमार्फत स्मार्ट क्यूआर मर्चेन्टहरूमा भुक्तानी गर्न सक्छन् भने एभरेष्ट बैंकमार्फत विभिन्न ब्यापार-ब्यवसायमा संलग्न व्यवसायीहरूले स्मार्ट क्यूआरको सुविधा लिन सक्नेछन् । इएमभी स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीचमार्फत कारोबारको भुक्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहने दाबी गरिएको छ ।

jagdamba.cement

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७