प्रतिनिधिसभातर्फ चार क्षेत्रको नतिजा आउन बाँकी, अहिलेसम्म कसकाे कति सिट ?


१४ मंसिर २०७९, बुधबार
Mat Gadana Sunsari

काठमाडौँ । प्रतिनिधिसभाका १६५ मध्ये १६१ वटा निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम आइसकेको छ । अब चार वटा क्षेत्रको मात्रै मत परिणाम आउन बाँकी छ ।

सुनसरी–४ मा मतगणना जारी छ । सुनसरी–४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ । कार्कीले २५ हजार ९ सय ४४ र उहाँका प्रतिस्पर्धी एमालेका जगदीशप्रसाद कुसियैतले २५ हजार ६ सय २२ मतसहित पछ्याइ रहेका छन् ।
दोलखा, स्याङ्जा र बाजुरामा भने विवादका कारण मतगणना नै शुरु भएको छैन ।

पछिल्लो पटक उदयपुर–१ मा नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी भएका छन् । उनले प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जु चौधरीलाई २ हजार ३७९ मतान्तरले पराजित गरेका छन् । खड्काले ३१ हजार २७० र चौधरीले २८ हजार ८९१ मत प्राप्त गरेका छन् ।

यस्तै सुनसरी ३ मा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई हराएर नेकपा एमालेकी भगवती चौधरी विजयी भएकी छन् । पछिल्लो यो नतिजासँगै मतगणना सकिएका १ सय ६१ ठाउँमध्ये कांग्रेस ५४, एमाले ४४, माओवादी केन्द्र १७ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपा ७/७ ठाउँमा विजयी भएका छन् । स्वतन्त्र उम्मेदवारले ५ ठाउँमा जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४ ठाउँमा जितेको छ । नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेको छ । जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक/एक ठाउँमा जितेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७