जनकपुरधाममा एकै समारोहमा २६ जोडीको विवाह


१४ मंसिर २०७९, बुधबार
bibaha 26 yGHKqrTXGA

जनकपुर । जनकपुरधाममा एकै समारोहमा २६ जोडीको विवाह सम्पन्न भएको छ । जनकपुरधामलाई वैवाहिक गन्तव्यका रूपमा विकास र प्रचारप्रसार गर्न विवाह पञ्चमीको अवसरमा विश्व हिन्दू परिषद् नेपालले प्रत्येक वर्ष आयोजना गर्ने सामूहिक विवाह समारोहमा यस वर्ष पनि २६ युवक–युवतीको विवाह एउटै समारोह र मण्डपमा भएका छन् ।

विवाह पञ्चमीमा भगवान श्री सीतारामको विवाह भएकै मण्डपमा उनीहरुको विवाह हुने गरेको छ । चार वर्षदेखि भइरहेको सामूहिक विवाहको उद्देश्य जनकपुरधामलाई विश्वकै उत्कृष्ट वैवाहिक गन्तव्यका रूपमा पर्यटनको विकास गर्नु र दहेज (दाइजो) उन्मूलनको सन्देश प्रवाह गर्नु रहेको आयोजकको भनाइ छ ।

जनकपुरधामको हुनेखाने स्थानीयसँग सहयोग सङ्कलन गरी मिथिलाको विवाहमा बेहुलीलाई उपहारस्वरूप दिइने मङ्गलसुत्र, बिछाओन, लत्ताकपडासहितको व्यवस्थापन आयोजकले गर्दै आएको छ । यसले गरिब र विपन्नको पनि विवाह धार्मिक, सामाजिक र प्रतिष्ठित रूपमा हुने आयोजकको भनाइ छ । विवाहका लागि योग्य उमेर पुगेकालाई विवाह गराइने यस कार्यक्रमले सामाजिक भाइचारा विकास हुने बताइएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७