इङ्ल्यान्ड प्रि–क्वाटर फाइलनमा, वेल्सको विश्वकप यात्रा टुङ्गियो


१४ मंसिर २०७९, बुधबार
rasford E17a0T0yOd

दोहा । इङ्ल्यान्ड फिफा विश्वकप फुटबलको प्रि–क्वाटर फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा वेल्सलाई ३–० गोल अन्तरले हराउँदै इङल्यान्ड राउण्ड अफ १६ मा प्रवेश गरेको हो ।

अहमेद बिन अली स्टेडियममा इङ्ल्यान्डलाई जित दिलाउन मार्कुस राषफोर्डले दुई गोल गरे । त्यस्तै फिल फोडेनको एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको इङ्ल्यान्डले दोस्रो हाफमा तीन गोल गरेको हो । खेलको ५० औं मिनेटमा राषफोर्डले गोल गर्दै इङ्ल्यान्डलाई शुरुवाती अग्रता दिलाएका थिए । खेलको ५२ औं मिनेटमा फोडेनले गोल गर्दै इङ्ल्यान्डलाई २–० को अग्रता दिलाए ।

खेलको ६८ औं मिनेटमा राषफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै इङल्यान्डलाई ३–० को जित दिलाए । जितसँगै इंग्ल्यान्ड समूह ‘बी’ को विजेता बन्दै अन्तिम १६ मा पुग्यो । इङ्ल्यान्डले ३ खेलमा ७ अंक जोड्यो । यता वेल्स १ अंक जोडेर पुछारमा रहदै प्रतियोगिताबाट बाहिरियो ।

इङल्याण्डसँग पराजित भएपछि वेल्स ६४ वर्षपछि कतार विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । समूह बी मा रहेको वेल्स तालिकाको पुछारमा रहेर कतार विश्वकप २०२२ को यात्रा टुङ्ग्याएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७