झण्डै एक करोड समानुपातिक मतगणना हुँदा एकीकृत समाजवादीको कति पुग्यो ?


१४ मंसिर २०७९, बुधबार
Mat gadana Rupandehi scaled
फाइल फोटो

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ ९९ लाख ९३ हजार ५६८ मतगणना भएको छ । निर्वाचन अयोगले बुधबार बिहान सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले २६ लाख ९४ हजार १२४ मतसहित शीर्ष स्थानमा रहेको छ ।

यसैगरी, नेपाली कांग्रेस २५ लाख ४८ हजार ७७८ मतसहित दोस्रो स्थानमा रहेको छ भने ११ लाख ४३ लाख ५०३ मतसहित नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ९८ हजार १७१ मतसहित चौंथो स्थानमा रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ५ लाख ७० हजार १०२ मतसहित पाँचौ स्थानमा रहेको छ ।

समानुपातिक मत गणना अन्तिम चरणमा पुग्दा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्न सक्छ कि सक्दैन भन्ने आम चासो बढेको छ । हालसम्म गणना भएको ९९ लाख ९३ हजार ५६८ मतगणना हुँदा एकीकृत समाजवादीले २ लाख ८१ हजार ३८१ मत पाएको छ ।

आयोगका अनुसार कूल खसेको मतको संख्या १ करोड ९ लाख ७० हजार हो भने अहिलेसम्मको आकलन अनुसार ३ लाख मत बदर भएका छन् । यस आधारमा कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन्छ । थ्रेस होल्ड कटाउन कूल सदर मतको तीन प्रतिशत मत ल्याउनु पर्ने हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७