कोभिड नियम नमान्नेलाई दमन गर्ने चीनको नीति


१४ मंसिर २०७९, बुधबार
35 Shares
chin lockdown

बेइजिङ । चीनको शीर्ष सुरक्षा एजेन्सीले सप्ताहन्तमा चिनियाँ शहरहरूमा कोभिड नियमहरूविरुद्ध दुर्लभ विरोध प्रदर्शनपछि ‘शत्रु शक्ति’ माथि दमन गर्न आह्वान गरेको छ । कुनै बेला प्रदर्शनकारीहरुले भरिने स्थानमा सुरक्षाकर्मीको भीड बढेको छ ।

चीनभर घरेलु कानुन प्रवर्तनको निरीक्षण गर्ने सत्तारुढ कम्युनिष्ट पार्टीको केन्द्रीय राजनीतिक र कानुनी मामिला आयोगले कानुन बमोजिम ‘शत्रु शक्तिहरूद्वारा घुसपैठ र तोडफोड गर्ने गतिविधि रोक्न आवश्यक’ रहेको जनाएको छ । कोभिडविरुद्ध कडा कदम चाल्न माग गर्दै सप्ताहन्तमा सयौं प्रदर्शनकारी सडकमा उत्रिएका थिए । उनीहरुले चीनका राष्ट्रपति सी जिनपिङको राजीनामा समेत मागेका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

देशका स्वास्थ्य अधिकारीहरूले तालाबन्दी लगाइनुपर्ने बताएका छन् । चीनमा पछिल्ला दिनमा ठूलो संख्यामा कोभिड संक्रमित देखिएका छन् । पछिल्लो समयमा यहाँ दैनिक संक्रमितको संख्या ४० हजार नाघेको छ ।

jagdamba.cement

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७