दुई बिगाहा खेतको धानमा अज्ञात समूहले लगाइदियो आगो, लाखौंको क्षति


१४ मंसिर २०७९, बुधबार
70 Shares

रौतहट । रौतहटको पश्चिम भेग फतुवा विजयपुर नगरपालिकास्थित दुई बिगाहा क्षेत्रफलको खेतमा फलेको धानमा अज्ञात समूहले आगो लगाई दिएको छ । अवकाश प्राप्त सई रामानन्द यादवको खेतको धान काटेर दाइँ गर्न सितलपुर गाउँछेउ खरिहानमा राखिएको धानको भारिमा गए राति १२ बजेतिर अज्ञात समूहले आगजनी गरेको हो ।

आगजनीबाट धान पूर्णरुपमा जलेको छ । सो घटनामा एक लाख ६० हजार बराबरको क्षति भएको पीडित यादवले बताएका छन् । घरमा भित्र्याउन ठिक्क पारेको धानको भारीमा कसैले राजनीतिक पूर्वाग्रहको कारण आगलागी गरेको हुनसक्ने पूर्व सई यादवको अनुमान रहेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुका साथै क्षतिपूर्ति दिलाउन पीडित परिवारको माग रहेको छ । घटनाको पुष्टि गर्दै आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाले जनाएको छ ।

jagdamba.cement

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७