जीपको ठक्करबाट पैदल यात्रीको मृत्यु, फरार चालक पक्राउ


१४ मंसिर २०७९, बुधबार
pakrau
सांकेतिक तस्वीर

धनगढी । कञ्चनपुरमा पैदल यात्रीलाई ठक्कर दिएर फरार भएका जीप चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार कृष्णपुर नगरपालिका–५ को वडा कार्यालय नजिक यूए ०४१७७९ नम्बरको स्कारपिओ (जीप) ले ठक्कर दिँदा कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडाका ३६ वर्षीय लवदेव भट्टको मृत्यु भएको थियो ।

ठक्कर दिने जीप चालक भीमदत्त नगरपालिका–७ का करन चन्दलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान थालेको जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका भट्टको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७