पोलियो खोपको तयारीमा रहेको प्रहरी ट्रकमा आत्मघाती हमला, तीनको मृत्यु


१४ मंसिर २०७९, बुधबार

इस्लामाबाद । पश्चिमी पाकिस्तानमा एक आत्मघाती बम आक्रमणकारीले प्रहरी ट्रकलाई लक्षित गरी हमला गर्दा तीन जनाको मृत्यु भएको छ । बुधबार बिहान भएको हमलामा अन्य २३ जना घाइते भएका एक अधिकारीले बताएका छन् ।

क्वेटा सहरमा पोलियो खोप लगाउने तयारीमा रहेको प्रहरी टोलीलाई लक्षित गरी विस्फोट भएको वरिष्ठ प्रहरी अधिकारी अजहर मेहेसरले एएफपीलाई बताए । मारिनेमा एक प्रहरी, एक महिला र एक बालक छन् । यसअघि पनि पाकिस्तानमा पोलियो अभियानलाई त्यहाँका विद्रोहीले बारम्बार अवरुद्ध गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७