‘रिफ्रेसमेन्ट’ का लागि सुकुटे पुगे प्रचण्ड, भोटेकोशीमा र्‍याफ्टिङमा सरर


१४ मंसिर २०७९, बुधबार
prachanda 6

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुकुटे पुगेका छन् । सभामुख अग्निप्रसाद सापकोटा तथा परिवारका सदस्यहरूसहित प्रचण्ड सुकुटे पुगेका हुन् ।

prachanda sukute 2 .jpg

निर्वाचनपछि उनी ‘रिफ्रेसमेन्ट’ का लागि त्यहाँ पुगेको बताइएको छ । बुधबार दिउँसो २ बजे त्यहाँ पुगेका प्रचण्ड बिहीबार मात्रै फर्किने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।

prachanda 1 3

सुकुटे पुगेका प्रचण्डले र्‍याफ्टिङ समेत गरेका छन् । प्रचण्ड, सभामुख सापकोटा सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद माधव सापकोटा, सिन्धुपाल्चोकबाट निर्वाचित प्रदेश सांसद सरल सहयात्री पौडेल, भरतपुर महानगरकी मेयर रेनु दाहाललगायत भोटेकोशी नदीमा र्‍याफ्टिङ गरेका हुन् । तस्वीर सौजन्य : श्रीधर न्यौपाने

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७