आमा समूहका पदाधिकारीको कुटाइबाट घाइते उषा राईको मृत्यु


१४ मंसिर २०७९, बुधबार
Usha Rai1 20221130170804
कुटपिटबाट मृत्यु भएकी उषा राई

सुनसरी । आमा समूहका पदाधिकारीको कुटपिटबाट घाइते उषा राईको मृत्यु भएको छ । धरानका एक व्यक्तिसँग अवैध सम्बन्ध राखेको भन्दै जनजागृत आमा समूहका पदाधिकारीले ४२ वर्षीया राईलाई कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा ज्यान गएको हो । अवैध सम्बन्ध राखेको आरोप लगाउँदै आमा समूहका पदाधिकारीले गरेको कुटपिटबाट राईको निधन भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको सुनसरीका प्रहरी प्रमुख प्रभुप्रसाद ढकालले बताएका छन् । कुटपिटमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७