सुनसरी–४ : पछि परे मन्त्री कार्की, एमालेका कुसियैतले उछिने


१५ मंसिर २०७९, बिहीबार
Gyanendra Karki Kusiyat1669377682

सुनसरी । नेपाली कांग्रेसका उम्मेदवार तथा बहालवाला सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी–४ मा पछाडि परेका छन् । सुनसरी–४ को मतगणना अन्तिमतिर आइपुग्दा मन्त्री कार्कीलाई नेकपा एमालेका जगदीश कुसियैतले ८२ मतले पछि पारेका हुन् ।

१३६ मतले अगाडि रहेका कार्कीसँगको मतान्तर घटाउँदै कुसियैत अघि लागेका हुन् । एमाले उम्मेदवार कुसियैतले २९ हजार ७ सय ९४ मत ल्याउँदा मन्त्री कार्कीले २९ हजार ७१२ पाएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले २ हजार ९ सय ५२ मत, राप्रपाका विद्यानन्द यादवले २ हजार ८ सय ५५ मत ल्याएका छन् । बहालवाला पाँच जना मन्त्री पराजित भइसकेका अवस्थामा कार्कीमाथि दबाब छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७