१५ वर्षपछि माओवादी जुम्ला इञ्चार्जमा नरेश भण्डारी


१५ मंसिर २०७९, बिहीबार
naresh bhandari 3hidgNzWEo

जुम्ला । नेकपा माओवादी केन्द्रले पोलिटव्युरो सदस्य नरेश भण्डारीलाई जुम्ला जिल्ला इञ्चार्ज तोकेको छ । कर्णाली प्रदेश इञ्चार्ज कालिबहादुर मल्लले जुम्ला इञ्चार्जको जिम्मेवारी भण्डारीलाई दिएका हुन् ।

मल्लको हस्ताक्षर रहेको पत्रमा भनिएको छ, ‘नरेश भण्डारीलाई हाम्रो पार्टी माओवादी केन्द्रको विधान २०७८ को दफा (४) अनुसार जिल्ला समन्वय समिति जुम्लाको इञ्चार्जको जिम्मेवारी दिइएको छ ।’

जुम्ला इञ्चार्जको जिम्मेवारी आफूले पाएको भण्डारीले पनि जानकारी दिए । पार्टीले १५ वर्षपछि फेरि इञ्चार्जको जिम्मेवारी दिएको जानकारी दिँदै भण्डारीले भने, ‘अब पार्टीमा सवैसँग सहकार्य गरेर अगाडि बढ्ने छु ।’ यसअघि जुम्लामा माओवादी नेता गजेन्द्रबहादुर महत पार्टी इञ्चार्जको रुपमा थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७