यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन : गगन थापा


१५ मंसिर २०७९, बिहीबार
Gagan Thapa congress

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न नसक्ने बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । महामन्त्री थापाले भने, ’मुलुकको अर्थतन्त्र यहीँ अवस्थामा चल्न सक्दैन । अब बन्ने सरकारले यो कुरालाई महसुस गरी प्राथमिकताका साथ निजी क्षेत्रसँग समेत सहकार्य गर्न सक्नुपर्छ ।’ उक्त कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, पूर्वअर्थमन्त्री विष्णु पौडेललगायतको उपस्थिति थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७