अहिलेको जनादेशले स्थिर सरकार बन्दैन : उपाध्यक्ष पौडेल


१५ मंसिर २०७९, बिहीबार
bishnu poudel
फाइल फोटो

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको जनादेशबाट स्थिर सरकार नबन्ने बताएका छन् । आज (बिहीबार) आर्थिक पत्रकार समाज (सेजन) को २६औं वार्षिकोत्सव कार्यक्रममा उनले अहिलेको अभिमतले अस्थिरतालाई नै निरन्तरता दिने बताए ।

आफूले देशमा स्थिरता दिनका लागि कुनै एक पार्टीले बहुमत ल्याओस् भन्ने चाहेको भए पनि जनादेश त्यस्तो नआउनु मुलुकका लागि दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ । उनले राजनीतिक स्थिरताका निम्ति धेरै आश गर्ने ठाउँ नरहेको दाबी गरे ।
‘स्थिरता र अस्थिरता जनादेशमा भरपर्ने कुरा हो । यस पटकको जनादेशबाट स्थिर सरकार बन्दैन । यसले अस्थिरतालाई नै निरन्तरता दिने देखिन्छ । यो मुलुकका लागि दुर्भाग्यपूर्ण छ,’ उनले भने ।

उपाध्यक्ष पौडेलले नयाँ संविधान निर्माणपछि बनेका हरेक सरकारले गरेका कामहरुको मूल्यांकन हुन जरुरी रहेको औंल्याए । ‘के उपलब्धी भए, के कमजोरी भए ? त्यसको मूल्यांकन हुनुपर्छ र हरेक सरकारले त्यसको जिम्मा लिनुपर्छ । नेकपा एमालेको तर्फबाट म भन्न चाहन्छु हामी जिम्मा लिन्छौँ,’ उनले भने । देशको आर्थिक संकट कल्पनातित रहेको भन्दै पौडेलले मुलुकले भोगिरहेको अर्थ संकटको ‘केस वाइज’ विश्लेषण हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७