नेप्से ११ अंकले वृद्धि, सवा अर्बको कारोबार


१५ मंसिर २०७९, बिहीबार
share Up.

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार दोहोरो अंकले वृद्धि भएको छ । आज ११.२२ अंकले वृद्धि भएर नेप्से १९६१.०६ बिन्दुमा आएर रोकिएको छ । सेन्सेटिभ इन्डेक्सममा पनि ०.४८ प्रतिशतले वृद्धि भएको छ ।

बिहीबार ३८ लाख ६५ हजार बढीको सेयर किनबेच हुँदा एक अर्ब ३२ करोड २९ लाख ७२ हजार बढीको कारोबार भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ । १९६ कम्पनीहरुको कारोबार हुँदा १०७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । ८५ कम्पनीको ओरालो लागेको र पाँचवटा कम्पनी स्थिर रहेको छ ।

धौलागिरी १० प्रतिशत, श्वेतगंगा हाइड्रोपावर ९.२१ प्रतिशत भएको छ । नबिल बैंकको १४ करोड ४५ लाख बढीको सेयर कारोबार भएको छ । एनसीसी बैंकको आठ करोड १३ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७