किन अस्पतालबाट हाम्फाल्छन् बिरामी ?

स्वास्थ्यमा सरकारको लगानी बालुवामा पानी


१ बैशाख २०७५, शनिबार
hamfalne

काठमाडौं, १ बैशाख ।  स्वास्थ्य राज्यमन्त्री पदमा अर्याल स्याङ्जाकै हुन् । तर उनकै जिल्लाका एक बिरामीले ग्रान्डी अस्पतालको छैटौं तलबाट हामफालेर आत्महत्या गरेका छन् ।

hamfalne
ग्रान्डी अस्पतालमा १० दिनदेखि क्यान्सरको उपचार गराइरहेका स्याङ्जाको आँसुखर्क घर भएका बिरामी कृष्ण क्षेत्रीले शुक्रबार ६ तलाबाट हामफालेर आत्महत्या गरेका छन् । उनी चैत चैत २१ गतेदेखि भर्ना भई उपचाररत थिए । अस्पतालको ६ तलाबाट हाम फालेर गम्भीर घाइते भएकोले उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
डेढ महिनाअघि २०७४ फागुन २० मा भरतपुर अस्पतालको तेस्रो तलामा रहेको शौचालयको झ्यालबाट हामफाल्दा भरतपुर २४ का धनराज सुब्बाको मृत्यु भएको थियो ।
२०७३ कात्तिक १८ मा सुनसरी कुशाहाका २५ वर्षीय अनुज विश्वासले बिराटनगरको बिराट अस्पतालको चौथो तलाबाट हामफालेर आत्महत्या गरेका थिए । अस्पतालको अत्यधिक बील रकम थाहा पाएपछि सुनसरी पूर्व कुशाहाका २५ वर्षका अनुज विश्वास हामफालेर आत्महत्याको बाटो रोजेका थिए ।

शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत मिर्गौला रोगी दोलखा मालुका १८ वर्षीय विजय खड्काले २०७३ भदौ २० गते राति अस्पतालको झ्यालबाट हामफालेर आत्महत्या गरेका थिए ।
मिर्गौला फेल भई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भई उपचार गराइरहेका खड्काले बिरामी वार्डको तीन तला माथि झ्यालबाट जमिनमा हामफालेका थिए ।
गरिबीका कारण उपचार गर्न नसकेपछि सिन्धुपाल्चोकमा काँग्रेसका कार्यकर्ता सुरजमान श्रेष्ठले २०७२ बैशाख ५ मा अस्पतालबाट हामफालेर आत्महत्या गरेका थिए । चौतारा नगरपालिका–३ का श्रेष्ठले बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको चौथो तलाको झ्यालबाट हामफालेर आत्महत्या गरेका थिए ।
यी केही प्रतिनिधिमूलक घटना हुन्, नेपालमा स्वास्थ्य सेवा अति महंगो भएका कारण सर्वसाधारण जनता उपचारको खर्च तिर्न नसकेर अस्पतालबाटै हामफालेर आत्महत्या गरेका ।

स्वास्थ्य उपचार जनताको मौलिक हक अन्तर्गत पर्दछ । स्वास्थ्यका क्षेत्रमा राज्यले अरबौं रुपैयाँ लगानी गरेको छ, तर गरिब जनता उपचार गरेको पैसा तिर्न नसकेर अस्पतालबाटै हामफालेर आत्महत्या गरिरहेका छन् । यस्तो लज्जाजनक अवस्था छ । स्वास्थ्यमा भएको लगानी सदुपयोग हुने हो भने सबै जनताको उपचार निःशुल्क गर्न पुग्छ । तर सरकारले स्वास्थ्य सेवाका नाममा प्राइभेट अस्पताललाई लुट्न छुट दिएको छ ।सरकारी अस्पताल जनताको पहुँचमा छैनन् । सरकारी अस्पतालमा आइसीयु खाली भए पनि छैन भनेर कर्मचारीले प्राइभेट अस्पतालमा पठाउने देश हो नेपाल ।
तर नेपालका सरकारी अस्पतालमा जनताले उपचारै पाउन सक्दैनन् । प्राइभेट अस्पतालमा उपचार गराउन नेपालीको आम्दानीले धान्नै नसक्ने महंगो छ । त्यसैले नागरिकहरु स्वास्थ्य उपचारको रकम तिर्न नसकेपछि अस्पतालबाटै हामफालेर आत्महत्या गर्न विवश छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७