११ महिनामा पाँच लाख ४६ हजार पर्यटक नेपाल आए, कुन देशबाट कति ?


१५ मंसिर २०७९, बिहीबार
tourist

काठमाडौं । नेपालमा ११ महिनामा झण्डै साढे पाँच लाख विदेशी पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरी १ देखि नोभेम्बर ३० सम्ममा विभिन्न देशबाट कुल ५ लाख ४६ हजार २१६ जना पर्यटक नेपाल भित्रिएका हुन् ।

यद्यपि, यो संख्या हवाईमार्ग हुँदै आउने पर्यटकहरूको मात्र हो । यता स्थलमार्ग (सडक मार्ग) हुँदै आउने पर्यटकको संख्या यसको तीन गुणा बढी हुने गरेको बोर्डको भनाइ छ । कोभिड–१९ को प्रभावका कारण सन् २०२० र २१ मा पर्यटक आगमन खासै हुन सकेको थिएन । कोभिड–१९ को प्रभाव कम भएसँगै सन् २०२२ मा पर्यटक आगमनमा उल्लेखनीय वृद्धि भएको बोर्डले जनाएको छ ।

उसो त सन् २०२२ को नोभेम्बर महिनामा मात्र ७२ हजार ६५३ जना पर्यटक नेपाल भित्रिएको बोर्डको तथ्याङ्क छ । जुन सन् २०१९ को तुलनामा ५५.७६ प्रतिशतले पर्यटक आगमनमा वृद्धि भएको बोर्डको भनाइ छ । सन् २०१९ मा जम्मा १ लाख ३० हजार ३०२ जना मात्र विदेशी पर्यटक नेपाल आएका थिए ।

नोभेम्बरमा ७२ हजार ६५३ पर्यटक नेपाल भित्रिएका छन् । नोभेम्बरमा सार्कबाट २४ हजार ५९९ पर्यटक आउँदा युरोपबाट १७ हजार २२९ पर्यटक भित्रिएका हुन् । पर्यटन बोर्डका अनुसार हवाइमार्गबाट ओसियना देशबाट ३ हजार ६७७, अमेरिकाबाट ९ हजार १५ जना नेपाल भित्रिएका छन् ।

नोभेम्बरमा सबैभन्दा बढी भारतीय पर्यटक नै रहेका छन् । भारतीय २० हजार ५३२ आउँदा अर्को छिमेकीबाट भने १ हजार ३८ मात्रै भित्रिएका छन् । बंगलादेशबाट २ हजार २१८ पर्यटक, बेलायतबाट ५ हजार १६५ र अमेरिकाबाट ७ हजार ८३१ पर्यटक आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७