गायक सुनिल गिरीले गरे उदयपुरकी अञ्जुसँग विवाह


१५ मंसिर २०७९, बिहीबार
140 Shares
sunil giri

काठमाडौं । गायक सुनिल गिरीले उदयपुरकी अञ्जु आचार्यसँग लगनगाँठो कसेका छन् । को होला त्यो, झरी परेको रात, सोल्टिनी, झम्के साँझ जस्ता हिट लोकपप गीतका गायक तथा संगीतकार गिरीले उदयपुरकी अञ्जु आचार्यसँगको ९ वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

sunil giri 1

हालै ५ महिना जर्मनी बसेर फर्किएका गायक गिरीले विवाह गरेको केही समयपछि फेसबुकमार्फत ‘भाग्यमानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्दै आफूले विवाह गरेको फ्यानलाई जानकारी दिएका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

गायक गिरी र अञ्जु बेहुला बेहुली लुक्समा फिचर्ड म्युजिक भिडियोमा उनीहरू स्वयंले अभिनय समेत गरेका छन् । नेपाल र जर्मनीमा छायांकन गरिएको गीतको कम्पोज गायक गिरीले नै गरेका हुन् । जसको सम्पादन र कलरिङ विवेक विकले गरेका हुन् ।

jagdamba.cement

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७