मलेसियाका राजाको सगरमाथा हेर्ने चाहना

राजदूत पौडेलले बुझाए ओहोदाको प्रमाणपत्र


१५ मंसिर २०७९, बिहीबार
mayalsia king with nepal ambasdador paudel 1 bJwHWBmzLm

काठमाडौं । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले त्यहाँका राजा सुल्तान अब्दुल्लाह अहमद शाहसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

आज (बिहीबार) क्वालालम्पुरस्थित राजदरबारमा आयोजित विशेष समारोहमा राजा सुल्तान अब्दुल्लाह समक्ष राजदूत पौडेलले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । कार्यक्रममा राजा सुल्तान अब्दुल्लाहले मलेसियाका लागि राजदूत नियुक्त भएकोमा पौडेललाई बधाई दिएका थिए ।

mayalsia king with nepal ambasdador paudel VOVXTQE5O5

ओहोदाको प्रमाणपत्र पेस गर्ने क्रममा राजा सुल्तान अब्दुल्लाहसँग पौडेलले नेपाल र मलेसियाबीचको द्विपक्षीय सम्बन्धबारे कुराकानी गरेका थिए । त्यस अवसरमा द्विपक्षीय सम्बन्ध विस्तार र आपसी हितबारे छलफल भएको थियो । राजदूत पौडेलले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन लागिपर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा राजदूत पौडेलले राजा सुल्तान अब्दुल्लाहलाई राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट शुभकामना सन्देश व्यक्त गरे । राजदूत पौडेलले राजा सुल्तान अब्दुल्लाहलाई राष्ट्रपति भण्डारीकोतर्फबाट नेपाल भ्रमणको निम्ता पनि दिए ।
राजा सुल्तान अब्दुल्लाहले विश्वको सर्वोच्च शिखर सगरमाथा अवलोकनका लागि नेपाल भ्रमण गर्ने आफ्नो इच्छा रहेको बताएका थिए । त्यस अवसरमा मलेलिया र नेपालमा हालै भएको आमनिर्वाचनबारे पनि दुई जनाबीच कुराकानी भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७