बाजुरामा १२ औं दिनमा मतगणना


१५ मंसिर २०७९, बिहीबार
Bajura Matg1669892769

बाजुरा । निर्वाचन सम्पन्न भएको १२ दिनपछि बाजुरामा मत गणना सुरु भएको छ । बुधबार निर्वाचन आयोगले मंसिर ४ गते खसेको मतलाई गणना गर्न निर्देशन दिएपछि बाजुरमा आज दिउँसो पौने ४ बजे देखि मत गणना सुरु भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार नै सवैदलिय बैठक बोलाएको भए पनि नेकपा एमालेका प्रतिनिधिको सहभागिता नभएपछि आज बिहान मात्रै सर्वदलीय बैठक बसेको थियो । सर्वदलीय बैठकले दिउँसो साढे ३ बजे देखि मतगणना गर्ने निर्णय गरेको थियो ।

मंसिर ४ गतेको निर्वाचनमा धाँधली भएको र बुथ कब्जा समेत भएको भन्दै नेपाली कांग्रेस र नेकपा एमालले एक अर्कालाई आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी दिएको थियो । एमालले जिल्लाका १६ मतदान केन्द्रमा बुथ कब्जा गरेर एकलौटी मत खसालेको आरोप लगाएको थियो भने नेपाली कांग्रेसले ८ ठाउँमा बुथ कब्जा भएको आरोप लगाउँदै आयोगमा उजुरी दिएको थियो ।

दुई दलको उजुरी पनि निर्वाचन आयोगले जिल्लाको अवस्था बुझ्न अध्ययन टोली पठाए पनि सो टोलीले बुथ कब्जा भएको कुनै प्रमाण पेश गर्न सकेको थिएन ।

बाजुरामा कतदानका क्रममा भएको झडपका कारण त्रिवेणि नगरपालिका–७ का सन्दिप अयडिको प्रहरीको गोली लागेर मृत्यु भएको थियो भने सो ठाउँका चेतन अयडीलाई कांग्रेसका कार्यकर्ताले रातीको समयमा घरमै गएर कुटपिट गरी हत्या गरेका थिए । बुढीनन्दा नगरपालिका–५ को एक मतदान केन्द्रमा भने ४ मंसिरमा मतदानका क्रममा विवाद भएर गोली चलेपछि बीचैमा मतदान रोकिएको थियो । त्यहाँ पुनः मतदान समेत भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७