कम्बोडिया व्यावसायिक सुन उत्पादनमा अग्रसर


१६ मंसिर २०७९, शुक्रबार
gold

नोम पेन्ह । कम्बोडियाले गत वर्ष जुनमा व्यावसायिक उत्खनन शुरु गरेदेखि ९० प्रतिशत शुद्ध सुनको सोल्युसनसहित ४.८२ टन डोरे बार उत्पादन गरेको खानी तथा ऊर्जा मन्त्री सुय सेमले बताएका छन् ।

मन्त्री सेमले देशमा हाल रेनेसान्स मिनरल्स, डेलकम कम्पुचेआ, सिन्सान इन्डस्ट्रियल (कम्बोडिया) र जिङ युआन काङ येक गरी चारवटा सुन खानी कम्पनी सञ्चालनमा रहेको बताएका छन् ।

सेमका अनुसार रेनेसान्स मिनरल्सले हालसम्म ४ हजार ५ सय ९८ केजी डोरे बार, डेलकम कम्पुचियाले १६० केजी, सिन्सान इन्डस्ट्रियल कम्बोडियाले ४५ केजी र सिङ युआन काङ याकले २२ किलोग्राम परिष्कृत सुन उत्पादन गरेका छन् ।

दक्षिणपूर्वी एसियाली राष्ट्रले जुन २०२१ मा उत्तरपूर्वी मोन्डुलकिरी प्रान्तको केओ सेमा जिल्लाको सुन खानी स्थलमा पहिलो पटक व्यावसायिकरूपमा सुन निकाल्न उत्खनन गर्न हो । कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुन सेनले ती खानी परियोजनाबाट सरकारले वार्षिक करिब ४ करोड अमेरिकी डलर कर र रोयल्टी कमाउने अपेक्षा गरिएको बताएका छन् । सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७