१० वर्षदेखिको प्रेमलाई आज वैवाहिक जीवनमा परिणत गर्दै संयम र आश्मा


१६ मंसिर २०७९, शुक्रबार
samyam asma SyRQwQ3Nq3

काठमाडौं । अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डीसीले आज करिब १० वर्षदेखिको आफूहरुको प्रेमलाई वैवाहिक जीवनमा परिणत गर्दैछन् । उनीहरुको विवाह समारोह हायात रिजेन्सी होटल बौद्धमा आयोजना गरिएको छ । आश्मा लिन संयम जन्ती लिएर दिउँसो हायात पुग्ने कार्यक्रम रहेको छ । दुवैतर्फमा आफन्त, साथीभाइको सहभागितामा दुवैले लगनगाँठो कस्ने छन् ।

सन् २०१२ मा रिलिज भएको ‘सायद’ बाट अभिनयमा डेब्यु गरेका संयमले ग्याङस्टर ब्लुज, आभास, नाइँ नभन्नु ल ३, पुन्टे परेड, रातो घर, कर्तव्य र अल्पविराम जस्ता फिल्ममा अभिनय गरेका छन् । आश्माले पनि ‘आभाष’ र ‘नाइँ नभन्नु ल ३’ मा अभिनय गरेकी छिन् । फिल्म ‘आभास’ संयम र आश्मा एकसाथ देखिएका थिए ।

संयम वरिष्ठ फिल्म निर्देशक नारायण पुरीका छोरा हुन्, आश्मा गोपीकृष्ण हलका म्यानेजर प्रदीप दाहालकी छोरी हुन् । संयम र आश्मा दुवै पछिल्लो समय अमेरिका रहँदै आएका छन् । बिवाहकै लागि उनीहरु गत शुक्रबार नेपाल फर्किएका हुन् । संयमको रिसेप्सन पार्टी भने मंसिर २१ मा आयोजना गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७